खाेज्नुहाेस

जसले कांग्रेसलाई देखाए स्वतन्त्रको शक्ति

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ को वडा अध्यक्षमा स्वतन्त्रबाट चुनाव लडेका प्रेम सिह बडैलाले विजय हासिल गरेका छन । चुनावको मुखमा नेपाली कांगे्रसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका बडैला फराकिलो मतान्तरले वडामा विजयी भएका हुन ।

गोदावरीमा तिन दलिय गठबन्धन गर्ने बहस चलिरहेका बेला वडा स्तरमा कांग्रेस एक्लै लड्नु पर्छ भन्ने अडान राख्दै आएका बडैलाले विरोध स्वरुप वडाको सिङ्गो समिति सहित राजीनामा दिएर चुनावमा होमिएका थिए ।

attariya hospital

गोदावरीको मेयर उपमेयरमा गठबन्धन हुँदा वडा पनि तिन दल बिच भागबडा हुने चर्चा चलेको थियो । जसअनुसार वडा नम्बर ११ एकीकृत समाजवादीले पाउने र, नेपाली कांग्रेसले वडामा पछि हड्नु पर्ने अवस्था आउने आशंकका बिच बडैलाले स्वतन्त्रको बाटो रोजेका थिए ।

पछि वडा तहमा मित्रवत प्रतिस्प्रर्धा गर्ने सहमति भएपछि नेपाली कांग्रेसले गोदावरीका ११ वटै वडामा उम्मेदवार उठाएपनि वडा नम्बर ११ मा भने स्वतन्त्र उम्मेदवार बडैलालाई नै समर्थन गर्न बाद्य भएको थियो ।

बैशाख १२ गते कांग्रेसले ११ वडामा उम्मेदवारी दिदाँ पनि गोदावरीका वडा स्तरमा तिन दलिय गठबन्धन भए केही वडा कांग्रेसले छोड्नु पर्ने चर्चा चलेको थियो ।

सोही आशंकाका बिच बडैलाले बैशाख १२ गते अत्तरिया अनलाइनलाई आफूले पार्टीबाट नभएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए । उनको कांग्रेसलाई वडामा एक्लै चुनाव लड्नुपर्छ भनेर दवाव दिन पनि आफूले यस्तो कदम चालेको बताएका थिए । बडैला नेपाली कांग्रेस गोदावरी नगर समितिका उपाध्यक्ष समेत हुन ।

navjiwan hospital

स्वतन्त्रमा लडेका बडैलाको मुख्य प्रतिद्धन्द्धिका रुपमा एकीकृत समाजवादीका शिव विक रहेका थिए । विक २०७४ मा वडामा अध्यक्षमा पनि विजयी भएका थिए । २०७९ को चुनावमा भने बडैलाले विकलाई ५०१ मतको अन्तरले पराजित गरेका छन । वडामा २ हजार १ सय ८४ मत मध्ये बडैलाले १ हजार ७९ मत ल्याएका छन । विकले भने ५६९ मत मात्रै ल्याउन सके । यस्तै उक्त वडामा नेकपा एमालेका भीम विकले ४ सय ४ मत पाएका छन ।

कांग्रेसमा फर्कने संकेत

स्वतन्त्रबाट वडा अध्यक्ष जितेका बडैलाले पार्टीले बोलाएको खण्डमा कांग्रेसमा फर्कने बताएका छन । अत्तरिया बजारमा निकालिएको विजय -यालीमा संक्षिप्त प्रतिक्रिया दिदै बडैलाले भने ‘स्वतन्त्रबाट चुनाव लडेपनि अब पार्टीले अवसर दियो भने पार्टीमा फर्किन्छु ।’ उनले आफूलाई मत दिने मतदातालाई धन्यावाद दिएका छन ।

बडैला विजय भएको खुसिमा अत्तरिया बजारमा बाजागाजा सहित -याली निकालिएको थियो ।-यालीमा बडैलाको चुनाव चिन्ह खरायो र राष्ट्रिय झण्डा फहराइएको थियो । बडैला स्वयमले पनि नेपालको राष्ट्रिय झण्डा ओडेका थिए ।