खाेज्नुहाेस

अनलाइन कक्षा लिन रुखमा डेरा बनाएका विद्यार्थीले पाए ‘पकेट वाईफाई’

Image

खोटाङ – रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी भइरहेका खोटाङका विद्यार्थीले ‘पकेट वाईफाई’ पाएका छन् ।

कोभिड–१९ को महामारी विद्यालयमा बन्द भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरले रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी भएका थिए । अर्खौलेकै सरस्वती मावि कक्षा १० मा अध्ययनरत धनकुमारलाई नेपाल टेलिकमले पकेट वाईफाई डिभाइस प्रदान गरेको हो ।

attariya hospital
navjiwan hospital

टेलिकमले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा नयाँ टावर राखिएको छ । फोरजीको नयाँ टावर सञ्चालनमा आए लगत्तै उनलाई पकेट वाईफाई डिभाइस प्रदान गरिएको नेपाल टेलिकम, ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थी बताए ।

अध्ययनमा सहयोग पु-याउन डिभाइस प्रदान गरिएको पन्थीले बताए । यसमा टेलिकमको सीम राखेर वाईफाई चलाउन सकिन्छ। उनका लागि विराटनगरबाट डिभाइस ल्याइएको हो ।

आइतबारबाट उनको घरमा इन्टरनेट सञ्चालनमा आएको छ । अनलाइन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने वाध्यता रहेको खबर आएपछि उनको वडा सहित हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रलाई लक्षित गरि नयाँ फोरजी टावर पनि राख्न लागिएको टेलिकमले जनाएको छ ।

यसअघि प्रकाशित समाचार : अनलाइन कक्षा लिन रुखमा टाँड