अत्तरिया– कैलालीको अत्तरियामा रहेको प्रतिभा पुस्तकालयलाई विभिन्न विधाका पुस्तकहरु सहयोग गरिएको छ । बिहिबार कुमारी बैंक लिमिटेड शाखा कार्यालय अत्तरियाले पुस्तकालयलाई विभिन्न पुस्तकहरु सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर रहेर पुस्तकालयलाई पुस्तकहरु सहयोग गरेको बैंकका शाखा प्रबन्धक नारायण दत्त भण्डारीले जानकारी दिए । उनले समाज प्रतिको साझा दायित्व सबैको भएको बताउदै संस्थाहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा बैंकले विगतदेखी नै विभिन्न माध्यमबाट सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि त्यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने बताए ।

सहयोग सामग्री शाखा प्रबन्धक भण्डारीले प्रतिभा पुस्तकालयका अध्यक्ष भुपेश जोशीलाई हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण पश्चात अध्यक्ष जोशीले पुस्तकालयलाई सहयोग गरेको भन्दै बैंकलाई धन्यवाद ज्ञापन गरे । उनले यस्ता सहयोगले विद्यार्थीहरु तथा पाठकवर्गमा अध्ययनप्रति थप उत्साह र प्रेरणा प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।
बैंकले पुस्तकालयलाई.३१ हजार ५७० रुपैया मूल्य पर्ने विभिन्न विधाका उपयोगी पुस्तकहरु सहयोग गरेको पुस्तकालयका सह–सचिव हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए । उनले बैंकबाट ५४ थान पुस्तकहरु सहयोग स्वरुप प्रदान भएको बताए ।


















