
डोटी – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक युवकको शव फेला परेको छ । शनिबार बिहान नदी किनारमा अन्दाजी २८ देखि ३० वर्ष उमेरका पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनको हालसम्म नामथर तथा ठेगाना खुल्न सकेको छैन । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक चन्द्र सिंह ठगुन्नाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।





















