खाेज्नुहाेस

भिरबाट लडेर बझाङको बुंगल– ७ का वडाध्यक्ष जोशीको मृत्यु

Image

धनगढी– भिरबाट लडेर बझाङको बुंगल नगरपालिका– ७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ । शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशीको भिरबाट लडेर मृत्यु भएको हो ।

navjiwan hospital

भिरबाट लडेर चट्टानमा बजारिएका जोशी गम्भीर घाइते भएका थिए । उनको उद्धारको तयारी गर्दागर्दै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भिरबाट लडेर गम्भीर घाइते भएका जोशीको उद्धारका लागि आवश्यक पहल भइरहेको थियो । उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि हेलिकोप्टर उड्नुअघि नै मृत्यु भएको आफन्त रामचन्द्र जोशीले बताए ।

attariya hospital

उनका अनुसार भिरबाट लडेर चट्टानमा बजारिएपछि जोशीको कानबाट रगत बगेको थियो । जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए । उनी दुई कार्यकाल वडा अध्यक्ष बनेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।