धनगढी – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको आफ्नो तस्बिर सेयर गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभइ परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यस्तो बताएकी हुन् । उनले आफ्नो सामथ्र्य प्रमाणित गर्न र आफ्नो निर्णयको औचित्य पुष्टि हतार नगर्ने बताइन् ।

उनले लेखेकी छन्, ‘म आफ्नो सामथ्र्य प्रमाणित गर्न हतार गर्दिनँ, न त आफ्नो निर्णयको औचित्य पुष्टि गर्न सबैलाई स्पष्टीकरण दिन्छु । मेरो धैर्यलाई सहमति, मौनतालाई कमजोरी र शिष्टतालाई विवशता ठान्नेहरूले समयसँगै बुझ्नेछन– म परिस्थितिअनुसार चल्ने होइन, परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु ।’




















