खाेज्नुहाेस

आज राष्ट्रिय विज्ञान दिवस, अत्तरियामा जिल्लास्तरीय विज्ञान प्रदर्शनी गरिदैँ

Image

काठमाडौं – आज नेपालमा राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदै छ । नेपालमा हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने गरिन्छ । सरकारले विसं २०७० असोज १ गतेदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो ।

navjiwan hospital

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय गरेपछि विसं २०७० देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

attariya hospital

नेपालमा विज्ञान तथा प्रविधिको विकास, वैज्ञानिक सोचको प्रवर्द्धन तथा वैज्ञानिक अनुसन्धान र आविष्कारको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय विज्ञान दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा अत्तरियामा रहेकाे दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयमा जिल्लास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरिदै  छ ।