बेलौरी – कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघ अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत चयन भएका छन । शनिवार सम्पन्न संघको पाँचौँ वार्षिक साधारण सभाबाट पन्तको अध्यक्षता १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अध्यक्षमा पन्त चयन हुँदा वरिष्ठ उपाध्यक्ष महेन्द्रसिंह बुढाल, उद्योग उपाध्यक्ष राजबहादुर चन्द, वाणिज्य उपाध्यक्ष वसन्त पुन मगर सर्वसम्मत चयन भएका हुन । त्यस्तै महासचिवमा रामेश्वर न्यौपाने, सचिव रिता चौधरी र कोषाध्यक्षमा रघुवीर भण्डारी चयन भएका छन ।

यसैगरी कार्यसमिति सदस्यहरूमा कैलाससिंह बिष्ट, बासुदेव भट्ट ‘शीतल’, यमबहादुर कडेल, विष्णुमाया कडेल, दिनेश बखरिया चौधरी, तारासिंह बिष्ट, यलोना श्रेष्ठ र अशोक चौधरी चयन भएका छन ।
बाणिज्य संघको पाचौँ वार्षिक साधारण शनिबार उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो । यसै सभाबाट संघका निवर्तमान अध्यक्ष हिरा सिंह विष्टको साढे ३ वर्षे कार्यकाल सकिएको छ । सभा सुदुरपश्चिम प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुवरले उद्घाटन गरेका थिए ।


















