खाेज्नुहाेस

स्याउलेको हिट एन्ड रन केशका दोषी नसमातिए चक्काजामको घोषणा 

Image
अत्तरिया – कैलालीको स्याउलेमा कार्तिक १ गते वृद्धालाई ठक्कर दिएर भागेको मोटरसाइकल नभेटेपछि स्थानीयले प्रहरीले बेवास्ता गरेको भन्दै चक्काजाम गर्ने घोषणा गरेका छन् ।
गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएकी गोदावरी नगरपालिका – ८ स्याउलेकी ६१ वर्षीय तारा देवी धामीलाई खुटियामा सडक पार गर्ने क्रममा मोटरसाइकल ठक्कर दिएर भागेको थियो ।
attariya hospital
गम्भीर घाइते तारादेवीको हाल धनगढीस्थित निसर्ग अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
स्थानीयले लामो समय बितिसक्दा पनि प्रहरी प्रशासनले खोजी कार्यमा उदासीनता देखाएको भन्दै चक्काजामको घोषणा गरेका छन् । स्थानीय प्रकाश धितालले इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेमा प्रहरीलाई निवेदन गर्दा पनि फरार मोटरसाइकल फेला नपरेको बताए । उनले बिहीबार बिहान चक्काजाम गर्ने बताए । उनले तारादेवीका लागि स्याउलेमा बिहान ९ बजे देखि चक्काजाम गरिने बताए ।
navjiwan hospital
उनले घाइते तारा देवीको आर्थिक अवस्था नाजुक भएकाले हाल उपचारमा पनि समस्या भएको बताए । ‘वहाँ गिट्टी कुटेर खानुहुन्थ्यो । दुर्घटना पछि अहिले वहाँको स्वास्थ्य अवस्था पनि एकदमै नाजुक छ’ उनले भने ‘आजका दिन सम्म पनि प्रहरीलाई खोजीनिती गरिदिन आग्रह गर्दा पनि कुनै सूचना पाएका छैनौ ।’ उनले आफूहरूको मुख्य माग दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए । स्थानीयले घटनास्थलबाट मोटरसाइकल भाग्दै गरेको अवस्थामा फोटो खिचेका भएपनि त्यसमा नम्बर स्पष्ट देखिएको छैन ।
घाइते तारा देवीका छोरा राम बहादुर धामीले ११ दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको बताए । उनले हाल आइसियुमा राखेर उपचार भइरहेको बताउँदै आमालाई अझै ६ महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताउँदै आर्थिक समस्या पनि भएको बताए ।
‘आमाले गिट्टी कुटेर बच्चाहरू हेर्नुहुन्थ्यो । हामीहरू अलि अलि बाहिर काम गरिरहेका थियौ’ उनले भने ‘अहिले एकातिर काम बन्द भयो, अर्कोतिर अस्पतालमा उपचार गराउन समस्या भएको छ ।’ उनले तारादेवीको कम्बरमा चोट लागेको, खुट्टा भाँच्चिएको र टाउकोमा पनि चोट लागेको बताए । उनले ३÷४ दिन अघि मात्रै होस खुलेको बताए । उनले हाल सम्म उधारोमै उपचार चलिरहेको बताउँदै निकै समस्या भएको बताए । उनले खोलाबाट गिट्टी कुटेर घर फर्किने बेला मोटरसाइकलले ठक्कर दिएको बताए ।