खाेज्नुहाेस

लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – लागूऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

कञ्चनपुरको बेदकोट नगरपालिका–५ निवासी ३० वर्षीय महेश डगौरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको २०८२ मंसिर १५ गतेको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा उनलाई ५ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

attariya hospital

त्यस्तै, डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडा निवासी ३५ वर्षीय रोशन गैरेलाई पनि प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद र १ हजार रुपैयाँ जरिवाना सजाय तोकेका गैरेलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले सोमबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।