अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ का हरि भुललाई जस्तापाता सहयोग गरिएको छ । बुधबार नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले उनको बंगुर फर्म पुर्नस्थापनाका लागि जस्तापाता सहयोग गरेको हो ।
नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले केही समय अघि देखी जस्को कोही छैन त्यसको नेपाली कांग्रेस भन्ने अभियान सञ्चालन गरेको थियो । सो अभियान अन्तरगत नै रहेर केही समय अघि अज्ञात समुहले लगाएको आगलागीका कारण जलेको बंगुर फर्मको पुर्नस्थापनाका लागि ३० हजार बराबरका जस्तापाता सहयोग गरिएको अभियानकर्ता योगेश भट्टले बताए । उनले नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोेचले व्यवसाय सुरु गर्ने युवाहरुलाई समस्यामा परेको बेला कांग्रेस ले सहयोग गर्ने बताए । ‘बैंकको ऋण निकालेर आफ्नै भूमीमा केही गर्छु भन्ने सोचेका युवाको फर्मलाई करिब २ महिना अघि अज्ञात समुहले आगजनी गरेको खबर सुनेपछि एकदमै दुख लाग्यो’ उनले भने ‘उहाँलाई हामीले भेटेर केही सहयोग गर्ने आश्वासन दिएका थियौँ, आज हामीले जस्तापाता सहयोग गरेका छौ, पुनः केही समय पछि अरु सहयोग पनि गर्नेछौँ ।’


उनले नेपाली कांग्रेसले युवाहरुलाई नेपालमा व्यवसाय गरेपछि ऋण तिर्न पलायन गराउनुु नभई स्वदेशमै केही गर्न थप प्रेरणा दिनुपर्छ भन्ने मान्यता राखेको बताए । उनले अभियानमा सहयोग गर्ने सम्पुर्ण व्यक्तिहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।
नेपाली कांग्रेसका नेता आनन्द बिष्टले कांग्रेस गोदावरीले थालेको अभियान एकदमै राम्रो भएको बताए । उनले सो अभियानले दुखमा रहेका गोदावरीका नागरिकहरुलाई राहत पुग्ने आफुले अपेक्षा लिएको बताए । उनले पिडा र दुखमा रहेका व्यक्तिहरुलाई सहयोग गर्न सके मात्रै मानवताको अर्थ रहने बताए । उनले गोदावरी कांग्रेसले थालेको अभियान निरन्तर रहनुपर्ने र सो अभियान देशभरकै कांग्रेसले पनि थालनी गर्नुपर्ने बताए ।
जस्तापाता सहयोग कार्यक्रममा बिष्ट सहित नेपाली कांग्रेसका कैलाली क्षेत्र नं. ४ का क्षेत्रिय सभापति सुरत बहादुर कार्की, निवर्तमान क्षेत्रिय सभापति वसन्त रोकाया (ललित), महाधिवेशन प्रतिनिधि ध्रुव भट्टराई, लोकराज पाण्डे आगो, खेम साउँद, नगर सभापति रविन्द्र शाही गुड्डु, अभियानकर्ता योगेश भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


















