खाेज्नुहाेस

धनगढीमा अवैध सामान सहित पिकअप जिप नियन्त्रणमा, गाेदावरीका सुरेश पक्राउ

Image
सांकेतिक फाेटाे

अत्तरिया –  कैलालीको धनगढीबाट प्रहरीले भन्सार छली गरी ल्याइएका सुर्ती तथा किरानाका सामान र पिकअप जिपसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१ एलएन चोकमा शंकाका आधारमा सुपप्र ०१००१ च ३०२३ नम्बरको पिकअप जिप चेकजाँच गरेको थियो।

attariya hospital

गोदावरी नगरपालिका–६ निवासी ३३ वर्षीय सुरेश चौधरीले चलाएको उक्त जिपबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा किरानाका सामान फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामान र जिपको अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।