बझाङ – बझाङमा ३ किलो २६५ ग्राम चरेशजस्तो देखिने कालो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बुङ्गल नगरपालिका–४ बिजगडा बजारका ४३ वर्षीय जनक कार्की र सोही नगरपालिका–६ का ५७ वर्षीय जितबहादुर सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङसहितबाट खटिएको प्रहरी टोलीले कार्कीको घरको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त पदार्थ फेला पारेको हो। सोही कारोबारमा संलग्न रहेको आरोपमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


















