कञ्चनपुर – काठ ओसारपसार तथा चिरानीसम्बन्धी मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–२ निवासी १९ वर्षीय आदेश खुना रहेका छन्।

जिल्ला अदालत कञ्चनपुरले २०८३ वैशाख १७ गते बिना इजाजत काठ ओसारपसार तथा चिरानी मुद्दामा खुनालाई ३ महिना कैद र १४ हजार ९८० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।



















