खाेज्नुहाेस

मौसम प्रतिकुल हुने चेतावनी पछि स्वास्थ्य युवा महोत्सवको मिति सारियो

Image

अत्तरिया – कैलालीको अत्तरियामा आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सव २०८३ सञ्चालन हुने मिति सारिएको छ । कार्तिक १३ देखि १८ गतेसम्म आयोजना हुने भनिएको महोत्सव अब मंसिर २ गतेदेखि ६ गतेसम्म हुने भएको हो ।

navjiwan hospital

मौसम विभागले उक्त समयमा मौसम प्रतिकूल रहने भन्दै बुलेटिन जारी गरेपछि कार्यक्रमको मिति सारिएको गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष तारा दत्त जोशीले बताए ।

attariya hospital

‘नेपाल सरकारको जल तथा मौसम विभागबाट प्राप्त मौसम सम्बन्धी सूचना अनुसार यही कार्तिक ११ देखि १५ गते सम्म भारी वर्षा सँगै प्रतिकुल मौसमी अवस्था सृजना हुने विशेष सतर्कता अपनाउन भनिएको छ’ उनले भने ‘यसै सन्दर्भमा स्वाथ्य युवा स्वास्थ्य समाज, समृद्ध सुदूरपश्चिम भन्ने नाराका साथ आयोजना हुन गइरहेको युवा स्वास्थ्य महोत्सवको मिति सारिएको छ ।’

समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा स्वास्थ्य महोत्सव महोत्सव आयोजना हुँदै छ ।