धनगढी — विद्यार्थीहरूमा नवप्रवर्तन, उत्पादन निर्माण तथा व्यवहारिक STEAM शिक्षाको विकास गर्ने उद्देश्यले The Gardener English Boarding School, धनगढी मा छैठौँ छुकछुके रोबोट निर्माण कार्यशाला २०८३ सुरु भएको छ।
असार ४ गतेदेखि सुरु भएको उक्त चारदिने कार्यशाला असार ७ गतेसम्म सञ्चालन हुनेछ। कार्यशालामा विद्यार्थीहरूले 3D डिजाइन, मेकानिकल संरचना निर्माण, इलेक्ट्रोनिक परीक्षण, प्रोग्रामिङ तथा रोबोट सञ्चालन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्नेछन्।


यस वर्षको कार्यशालाको मुख्य आकर्षण भर्नियर क्यालिपर स्केल (Vernier Caliper Scale) रहेको छ। विद्यार्थीहरूले यस उपकरणको प्रयोगमार्फत सूक्ष्म मापन गर्ने सीप सिक्दै रोबोट निर्माणमा आवश्यक इन्जिनियरिङ्ग अवधारणाहरू व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन्।
विद्यालयका प्राचार्य कैलाश प्रसाद दाहालले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी सिर्जना, अनुसन्धान र उत्पादन निर्माणतर्फ प्रेरित गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भविष्यमा पनि विद्यालयमा नवप्रवर्तनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यशालाबाट विद्यार्थीहरूको सिर्जनशील सोच, समस्या समाधान क्षमता, टोलीगत कार्य तथा प्राविधिक सीप अभिवृद्धि हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यस कार्यक्रमले विद्यालयस्तरमै नवप्रवर्तन र उत्पादन निर्माण संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।



















