खाेज्नुहाेस

सुदूरपश्चिमको बजेट पारित गर्न बोलाइएकाे प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने

Image

धनगढी –सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोज्दा कांग्रेसले बहिष्कार गर्ने निर्णय लिएको हो ।

navjiwan hospital

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिए ।

attariya hospital

यसअघि बजेटका विषयमा सत्तारुढ दलभित्रै विवाद रहेकोमा आजै बसेको बैठकबाट सहमति जुटाएको थियो । सहमति पश्चात् अहिले संसद् बैठक बस्ने तयारी भइरहेको छ ।

आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।