खाेज्नुहाेस

‘एआई डिपफेक’ को शिकार भइन अभिनेत्री माधुरी

Image

मुम्बई – बलिउडकी स्थापित अभिनेत्री माधुरी दीक्षित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको गलत प्रयोग अर्थात् ‘डिपफेक’ को शिकार बनेकी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा माधुरी दीक्षितको भन्दै एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा उनी एउटा रिभिलिङ कालो रङको पहिरनमा देखिएकी छन् ।

navjiwan hospital

सो भिडियो सार्वजनिक भएपछि कयौँ प्रयोगकर्ताहरूले उनको कपडा र पहिरनलाई लिएर विभिन्न नकारात्मक टिप्पणीहरू गर्न सुरु गरेका थिए । तर, उक्त भिडियो पूर्ण रूपमा नक्कली रहेको तथ्य बाहिर आएको छ । भारतीय पत्रकार जयदीप पाण्डेले सामाजिक सञ्जालमा दाबी गर्दै उक्त भिडियो एआईको सहयोगले तयार पारिएको नक्कली भिडियो भएको स्पष्ट पारेका छन् ।

attariya hospital

कयौँ प्रयोगकर्ताहरूले यो भिडियोलाई लगातार सेयर गरेपछि सामाजिक सञ्जाल एक्सले एक प्रयोगकर्ताको पोस्टमा कम्युनिटी नोट जारी गर्दै यो भिडियो पूर्ण रूपमा एआईको मद्दतले तयार पारिएको र भ्रामक रहेको प्रमाणित गरिदिएको छ ।

पछिल्लो समय कला क्षेत्रका धेरै चर्चित सेलिब्रेटीहरू एआई–जनरेटेड फेक सामग्रीको शिकार भइरहेका छन् ।