धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पार्टीका जिल्ला इन्चार्जहरू तोकेको छ । पार्टीले संगठन सुदृढीकरण, जनपरिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका लागि जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ ।

एमालेले कैलाली जिल्लाको इन्चार्जमा कमलाकुमारी ओली, कञ्चनपुरमा कृपाराम राना, दार्चुलामा गणेशसिंह ठगुन्ना, अछाममा झपटबहादुर बोहरा तथा डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिएको छ ।

यस्तै, बाजुराको इन्चार्जमा लालबहादुर थापा, बैतडीमा लिलाधर भट्ट, डोटीमा चक्रबहादुर मल्ल र बझाङमा अफिलाल ओखेडालाई जिल्ला इन्चार्ज तोकिएको छ ।
पार्टीले जिल्लागत संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ ।


















