बेलौरी – कञ्चनपुरको पुर्नवासमा दोधा नदीमा फसेका ५ जना महिलाहरूको सशस्त्र प्रहरीले उद्बार गरेको छ ।
शुक्रवार साझ करिब ५ बजेको समयमा पुर्नवास नगरपालिका -९ सीताबस्ती मा अवस्थित दोधा नदीमा एक्कासी पानीको बहाब बढ्दा नदीको पारिपट्टी फसेका ५ महिलाहरुको सशस्त्र प्रहरीले उद्दार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपि बिचफाटाँबाट सशस्त्र प्रहरी नायब निरीक्षक शान्त बहादुर सुनारको कमाण्डमा ७ जनाको टोलीले स्थानीयहरुको महिलाहरुको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार सकुशल उद्धार भएका महिलाहरू पुर्नवास नगरपालिका ८ कंकड बस्ने वर्ष ३५ की जनैमती राना,सोही ठाउँ बस्ने वर्ष ४५ की रामबेटी राना,,सोही ठाउँ बस्ने वर्ष २८ की रबिना राना,सोही ठाउँ बस्ने वर्ष २१ की संगिता राना र बर्ष २४ की देवकी राना रहेकी छिन ।
सबैलाई डोरी, ट्युब, लाइफ ज्याकेट सहित खटिएर उद्धार गरिएको थियो ।
त्यस्तै दोधा नदीमा एक्कासी पानीको बहाब बढ्दा नदीमा रहेको मुख्य सीमा स्तम्भ नं. ७५९ पनि डुबेको सशस्त्र प्रहरीले जनाएको छ ।



















