खाेज्नुहाेस

‘प्रोजेक्ट शिक्षा’ अन्तर्गत छात्रवृत्तिका लागि लिईयो इन्ट्रान्स परिक्षा

Image

अत्तरिया – आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘प्रोजेक्ट शिक्षा’ अन्तर्गत खुला गरिएको छात्रवृत्ति आवेदनको इन्ट्रान्स परिक्षा सकिएको छ । सावर एक्सन नेपाल, रुटिन अफ नेपाल बन्द तथा एचकेले १०० ग्रुप, रोनब र एनसेल फाउन्डेसनको साझेदारीमा दारी क्लब यूएसएको सहयोगमा सञ्चालन गरेको उक्त छात्रवृत्ति कार्यक्रमका लागि लिईएको ईन्ट्रान्स परिक्षा सकिएको हो ।

navjiwan hospital

परिक्षामा कैलालीको अत्तरियामा सञ्चालन गरिएको इन्ट्रान्स परिक्षामा ५४ जना विद्यार्थीहरु सहभागि भएको सुदूरपश्चिमका लागि प्रोजेक्ट शिक्षाका संयोजक जय बहादुर धामीले जानकारी दिए । उनका अनुसार ईन्ट्रान्स परिक्षाबाट छनौट भएका विद्यार्थीहरु निःशुल्क रूपमा काठमाडौँ बसेर पढ्न पाउनेछन् । कार्यक्रममार्फत आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

attariya hospital

प्रोजेक्ट शिक्षाले ९ वर्ष देखि आर्थिक रूपमा विपन्न र पढाइमा अब्बल विद्यार्थीलाई प्लस टु मा निःशुल्क पढाउँदै आएको छ । जसमा विद्यार्थीहरुलाइ खाने बस्ने सुविधा सहित पढाउने गरिन्छ । प्रोजेक्ट शिक्षामा छात्रवृत्तिका लागि देशका विभिन्न ठाउँमा इन्ट्रान्स परीक्षा संचालन हुने गरेको छ ।