खाेज्नुहाेस

भोलिदेखि प्रदर्शनमा आउँदै कुम्भ, कलाकार टोली धनगढीमा

Image

धनगढी – नेपाली कथानक चलचित्र ‘कुम्भ’ यही जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचारप्रसारका लागि कलाकार रोबर्ट सिंह बडेला धनगढी पुगेका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू अभिनीत चलचित्र ‘कुम्भ’ नेपाल तथा भारतका विभिन्न सहरमा छायांकन गरिएको जानकारी दिए ।

navjiwan hospital

साथै उनले चलचित्रको प्रचारप्रसार गर्दै सम्पूर्ण दर्शकलाई हलमा पुगेर फिल्म हेर्न आग्रह समेत गरेका छन् । यसअघि पनि थुप्रै चलचित्रमा अभिनय गरिसकेका बडेलाले ‘कुम्भ’सँग काम गर्दाको अनुभव निकै राम्रो रहेको बताए ।

attariya hospital

उनले यस चलचित्रमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरे । चलचित्र ‘कुम्भ’मा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा वरिष्ठ अभिनेता सुनील थापा, रोबर्ट सिंह बडेला, अशोक आर्यन, रोहित रुम्बा, सुशील पोखरेल, अफ्साना थापा तथा आरजे सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई रणधीर श्रेष्ठ ले निर्देशन गरेका हुन् । एक्सन जनरामा निर्माण गरिएको ‘कुम्भ’ नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिएको बताइएको छ ।