प्रोटिन शरीरको वृद्धिका लागि महत्त्वपूर्ण पोषक तत्व हो । यसले मांसपेशीहरूलाई बलियो बनाउन, शरीरका कोषहरू मर्मत गर्न र प्रतिरक्षा प्रणालीलाई समर्थन गर्न मद्दत गर्दछ।
अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार, १ देखि ३ वर्ष उमेरका बालबालिकाहरूलाई दैनिक लगभग १३ ग्राम प्रोटिन चाहिन्छ ।

४ देखि ८ वर्ष उमेरका बालबालिकाहरूलाई लगभग १५ ग्राम प्रोटिन चाहिन्छ
९ देखि १३ वर्ष उमेरका बालबालिकाहरूको लागि यो मात्रा बढेर लगभग ३४ ग्राम हुन्छ।

किशोरी केटीहरूलाई लगभग ४६ ग्राम र किशोर केटाहरूलाई दैनिक लगभग ५२ ग्राम प्रोटिन चाहिन्छ।
बालबालिकाहरूले प्रोटिनका कुन स्रोतहरू प्राप्त गर्न सक्छन् ?
खुसीको कुरा के हो भने धेरैजसो बालबालिकाहरूले आफ्नो सामान्य घरेलु खानाबाट पर्याप्त प्रोटिन पाउँछन् । दूध, दही, दाल, चीज, अण्डा, गेडागुडी, माछामासु आदि खानेकुराबाट सजिलै प्रोटिन प्राप्त भइरहेको हुन्छ ।
यी खानेकुराहरू सन्तुलन मिलाएर खाने दिइयो भने बालबालिकाहरूलाई प्रोटिन पाउडर वा पूरकहरू दिनु आवश्यक छैन ।
चिकित्सक तथा आहारविद्को सल्लाहबिना यस्ता पूरकहरू दिइयो भने त्यसले नकारात्मक असर गर्न सक्छ । अत्यधिक प्रोटिन सेवनले मिर्गौला र कलेजोमा दबाब दिन सक्छ र निर्जलीकरणको जोखिम बढाउन सक्छ



















