अत्तरिया – कैलालीको टीकापुरबाट खैरो हेरोइन सहित तीन जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–१ एकतानगरस्थित सुरेश विश्वकर्माको घरमा लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।


पक्राउ पर्नेमा घरधनी २५ वर्षीय सुरेश विश्वकर्मासहित सोही ठाउँका २६ वर्षीय विशाल विक र २२ वर्षीय वीरेन्द्र विक रहेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति चेकजाँच गर्दा उनीहरूको साथबाट ४४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















