खाेज्नुहाेस

बेलौरीमा १४.८४ ग्राम ब्राउन सुगरसहित बेलडाडीका हर्क पक्राउ

Image

बेलौरी – कञ्चनपुरको बेलौरीमा लागू औषध ब्राउन सुगर सहित बेलडाँडीका हर्क साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका – १० मैली नजिकबाट १४.८४ ग्राम ब्राउन सुगरसहित बेलडाडी गाउँपालिका – १ बस्ने २२ वर्षिय हर्कलाई प्रहरीले पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

उनलाई संकास्पद अवस्थामा भारतबाट शरीर भिजेर हिडेर आउदै गर्दा ईलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको शादा पोशाकको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनको बायाँ हातको मुठ्ठीबाट ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनले भारतको टाटरगन्जबाट ब्राउन सुगर ल्याएका थिए ।

हर्कलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछी सशस्त्र प्रहरी बल बिओपी पचुईको टोलीको सयुक्त टोलीले प्रहरी चौकी भुडामा पुर्याई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा पठाईको छ ।