अछाम – अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो ।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका मृतका दुवै जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा ३ जना घाइते भएका छन । घाइते हुनेमा चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाह र स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेल रहेका छन ।


















