डडेल्धुरा – डडेल्धुरामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

आलिताल गाउँपालिका–१ बन्ताल बस्ने १६ वर्षीय अनिल विकको शुक्रबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा राखेर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















