प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाअन्तर्गतकाे सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएका छ्न् ।

प्रतिनिधिसभाकाे सबैभन्दा ठूलाे दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलले पनि खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराएका छन् ।
आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ । उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।


















