डडेल्धुरा – डडेल्धुरा कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन । भदौ २३÷२४ गतेको जेन्जी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट भागेर फरार रहेका बैतडीको पाटन नगरपालिका–८ सलमाडीका ३४ वर्षीय रमेश बिष्ट पक्राउ परेका हुन ।

उनलाई प्रहरी चौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक (सई) उदय सिंह खडायतको कमाण्डमा खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई पाटन नगरपालिका–८ को जसलेखाली क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


















