खाेज्नुहाेस

करन केसीको सानदार फिनिसिङ, नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

Image

ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा नेपालले ओमानलाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ ।

navjiwan hospital

जारी शृङ्खलामा नेपाल क्यानडा र ओमानसँग २–२ खेल खेल्दै छ । आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो ।

attariya hospital

मङ्गलवारको खेलमा टस जिती ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६३ रन बनायो ।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । इनिङ्सको अन्त्यतिर करण केसीको योगदान पनि उल्लेख्य रह्यो । उनले मात्र १६ बल खेलेर ४० रन बनाए ।