खाेज्नुहाेस

कञ्चनपुरबाट लागुऔषध सहित ३ जना पक्राउ

Image

अत्तरिया– कञ्चनपुरबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका– १० शिद्धचोकबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षिय यादव शाहु, बेदकोट नगरपालिका– १ बस्ने ३० वर्षिय मुकेश मल्ल र वडा नं. ३ मा बस्ने ३२ वर्षिय महेन्द्र चन्द रहेका छन् । उनिहरुको साथबाट लुकाई छिपाई राखेको १४ ग्राम ६९० मिलिग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

प्रहरी कार्यालयका अनुसार लागूऔषधको कारोवार भैरहेको गोप्य सूचनाको आधारमा शिद्धचोक बस्ने यादव शाहुको घरकोठा खानतलासी गर्दा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा खैरो हिरोईन बरामद गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट दैजीले उनिहरुलाई पक्राउ गरेको थियो । सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।