धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गर्न बोलाएको बैठक नेपाली कांग्रेसले बहिस्कार गर्ने बताएपछि दिउँसो १ बजे बोलाइएको बैठक सरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि सहमतिमा ल्याएर सदनबाट बजेट पारित गर्न दिउँसो बोलाइएको बैठक साँझ ५ बजे सम्मका लागि सारिएको हो ।


बजेट पारित गर्न मंगलबार बिहान ९ बजे बैठक बोलाइएको थियो । बिहान सत्तारुढ दल भित्रैको विवाद मिलाउन बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । दिउँसो १ बजेका लागि निर्धारित बैठक भने कांग्रेसले बहिस्कार गर्ने भनेपछि साँझ ५ बजेसम्मका लागि सारिएको छ ।
यता कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने बताएका छन् ।
सम्बन्धित समाचार : सुदूरपश्चिमको बजेट पारित गर्न बोलाइएकाे प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने


















