खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन संशोधन पारित

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाबाट सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक पारित भएको छ ।

navjiwan hospital

प्रदेश सभाको शुक्रबारको बैठकले उक्त विधेयकमाथि विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफलको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरी पारित गरेको हो । सभाको बैठकले सर्वसम्मतीमा उक्त विधेयक पारित गरेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

attariya hospital

दफावार छलफलको प्रतिवेदन सहितको विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद् विक्रमसिंह धामी, नेपाली कम्युनिष्ट पार्टीका सांसद् नरेशकुमार शाहीले भाग लिएका थिए ।