झापा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह (बालेन) विजयी भएका छन्।

उनले सर्वाधिक ६८ हजार ३४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए।

उनीहरूबीच मतान्तर ४९,६१४ रहेको छ। दुवैलाई आआफ्ना पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी अभियान गरेका थिए।




















