खाेज्नुहाेस

मेयर कप बी लेभल ब्याडमिन्टन प्रतियोगिताको उपाधी कुँवर र बिष्टको टोलीलाई

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आयोजित पहिलो संस्करणको सुदूरपश्चिम प्रदेश स्तरिय मेयर कप बि लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम कुँवर र रोशन बिष्टले हात पारेका छन् । गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा आयोजित प्रतियोगिताको आईतबार भएको फाईनल खेलमा राजेश साउँद र नविन सिँहको टोलीलाई सोझो सेटमा पराजित गर्दै कुँवर र बिष्टको टोलीले उपाधी चुमेको हो ।

उपाधी जितेसँगै कुँवर र बिष्टको टोलीले नगद रु. ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् भने उपविजेता बनेको साउँद र सिँहको टोलीले नगद रु. ३१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि आईतबार नै प्रतियोगिता अन्तरगत सेमिफाईनलका खेलहरु खेलाईएका थिए । सेमिफाईनलमा गणेश मिश्रा र भोजराज भट्ट तथा राम कुँवर र रोशन बिष्ट बिच प्रतिष्पर्धा भएको थियो भने देवराज भट्ट र मनिराम चौधरीले राजेश साउँद र नविन सिँह सँग प्रतिष्पर्धा गरेका थिए । सेमिफाईनलमा पराजित भएका गणेश मिश्रा र भोजराज भट्ट तथा देवराज भट्ट र मनिराम चौधरीको टोलीले पनि नगद रु. ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

attariya hospital
navjiwan hospital

विजेता टोलीहरुलाई एक औपचारीक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो । गोदावरी खेलकुद विकास मञ्चका अध्यक्ष तेज खड्काको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले अत्तरियामा प्रदेशस्तरिय प्रतियोगिता आयोजना गरेर सफलता पुर्वक सम्पन्न गर्न सफल भएको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले पछिल्लो समय अत्तरिया क्षेत्रमा ब्याडमिन्टन खेलप्रतिको आर्कषण बढी रहेको बताए । उनले गोदावरी नगरक्षेत्रमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि प्रदेशस्तरिय प्रतियोगिता आयोजना गर्न नगरपालिकाले सहयोग गरेको बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष तेज खड्काले प्रतियोगिता आयोजना गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । उनले प्रतियोगिताले गोदावरी नगरक्षेत्रका खेलाडीहरुलाई एकआपसमा बाधेँको आफूले महसुस गरेको बताए । उनले विशेष गरी प्रदेशस्तरिय प्रतियोगिता आयोजना गर्न सहयोग पु¥याएको भन्दै उनले नगरपालिकाप्रति आभार व्यक्त गरे ।