बझाङ – बझाङको मष्टा गाउँपालिका–२ धनातोलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय राजेन्द्र रोकाया रहेका छन्।

इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान रोकायाको घर तलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक फेला पारेपछि उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















