खाेज्नुहाेस

चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म साइकल यात्रा

Image

काठमाडौँ – चिवाभञ्ज्याङदेखि झुलाघाटसम्मको १८ सय किलोमिटर र एक महिना लामो साइकल यात्राको समापन कार्यक्रम धुलिखेल अस्पतालमा बुधबार सम्पन्न भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा ‘मध्यपहाडी लोकमार्ग साइकल अभियान यात्रा’ समापन गरिएको हो ।

धुलिखेल अस्पतालले १८ सय किमी यात्रा गर्ने क्यान्सर विजेता साइक्लिस्टलाई सम्मान सहित क्यान्सर प्रभावितको उपचारका लागि कोष पनि स्थापना पनि गरेको छ ।

attariya hospital
navjiwan hospital

अस्पतालका प्रशासकीय प्रमुख डा. विराजमान कर्माचार्यले कोषमा संकलन भएको पैसा बराबरै रकम थपेर कोष स्थापनामा अस्पतालले सहयोग गर्ने बताए । ‘क्यान्सर उपचारलाई अस्पताल सधैं बिरामीसँगै छ’, उनले भने ।

1,800-kilometer cycling journey from Chiwabhanjyang to Jhulaghatक्यान्सर प्रभावित हर्क लामा र कविता चित्रकारको यो साइकल–यात्राको परिकल्पना गरेका थिए । ‘हाम्रो परिकल्पना साकार भएको छ, जसलाई धुलिखेल अस्पताल र चिकित्सकहरूले सहयोग गर्नुभयो, क्यान्सर भएर उपचारार्थ अस्पताल भर्ना हुँदा बिरामी र आफन्तले रकम अभावका कारण बेहोर्नुपरेको सास्ती न्यूनीकरण गर्न कोष स्थापनाको नवीन काम पनि भयो,’ साइकलयात्री हर्क लामाले भने ।

साइकल यात्रामा सहभागी डा.सुमनराज ताम्राकारले यात्रामा १५ स्थानमा २ हजार भन्दा धेरैलाई क्यान्सरसम्बन्धी सचेतना फैलाएको बताए । त्यस यात्राका अनुभूति साझा गरेका थिए डा. विकास पराजुलीले । हर्क लामा र कविता चित्रकारले साइकल यात्राले क्यान्सर जित्ने साहस दिएको सुनाएका थिए ।

मार्फत संकलित रकम तारालाल श्रेष्ठ, ज्ञानेन्द्र स्थापित, हर्क लामा र कविता चित्रकारले संयुक्त रूपमा धुलिखेल अस्पताललाई हस्तान्तरण गरेका थिए । अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले साइकल यात्रीलाई बधाई र धन्यवाद व्यक्त गरेका थिए ।