
बैतडी – जिल्ला अस्पताल बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिबार जिल्ला अस्पतालमा करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको हो ।
एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै हर्नियाको शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए । यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा सञ्चालन हुन सकेको थिएन ।


















