खाेज्नुहाेस

तरकारीमा विषादीको प्रयोग रोकौं

Image

आम नागरिकहरूले तरकारीको उपभोग गरिरहेका हुन्छन् । ग्रामीण भेगमा आफैले उत्पादन गरेका तरकारीहरू बढी जसो मात्रामा प्रयोग गरिन्छ । तर सहरी क्षेत्रमा बढ्दो आबादी र व्यस्तताका कारण बजारमा पाइने तरकारीहरूको प्रयोग नागरिकहरूले गर्ने गर्दछन् । किसानहरूले कृषि उत्पादन गर्ने र सो उत्पादन आम नागरिकहरूले बजारबाट खरिद गर्ने परिपाटी छ । उपभोक्ताले बजारमा देखिने तरकारी तथा फलफूलहरू विश्वासमा खरिद गर्ने गरेका हुन्छन् । उनीहरूले व्यवसायीहरूप्रति विश्वास गर्दै ती तरकारी एवम् फलफूलहरू स्वस्थ तथा खानयोग्य छन् भन्ने मनसाय बनाएका हुन्छन् ।

navjiwan hospital

तर पछिल्लो समय बजारबाट पाइने तरकारी तथा फलफूलजन्य वस्तुहरूको प्रयोगमा पनि अब बिचार पु¥याउनुपर्ने बेला आएको छ । अहिले तरकारीजन्य वस्तुहरूमा प्रयोग गरिने विषादीका कारण यसको प्रयोगमा सबैले सचेत हुन आवश्यक देखिएको छ । सोमबार मात्रै विषादी प्रयोग भएको भन्दै ५ क्रेट टमाटर गोदावरी नगरपालिकाले नष्ट ग-यो ।उक्त टमाटरमा मानिसको स्वास्थ्यलाई असर पु¥याउने गरी विषादीको प्रयोग भएको ल्याब टेस्ट मार्फत प्रमाणित गरी नष्ट गरिएको थियो । त्यसअघि पनि नगरपालिकाले टमाटर तथा अन्य तरकारीमा अत्यधिक मात्रामा विषादी रहेको भन्दै पटक पटक विषादीयुक्त तरकारी नष्ट गर्ने कार्य गर्दै आइरहेको छ ।

attariya hospital

एक÷दुई पटक नभई पटक पटक भेटिने यस्ता विषादीयुक्त तरकारीको सेवनले आम उपभोक्तालाई रोगी बनाइरहेको स्पष्ट छ । बजारमा पाइने यस्ता विषादी युक्त तरकारीहरूले गर्दा मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ । त्यस्ता विषादीयुक्त तरकारी तथा फलफूलले मानिसमा श्वासप्रश्वासको समस्या, क्यान्सरको जोखिम, एलर्जीको समस्या तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू निम्तिने गर्दछन् । त्यति मात्रै नभई विषादीयुक्त तरकारी तथा फलफूलको सेवनले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा प्रभाव पार्नुका साथै प्रजनन प्रणाली, द्रुत वृद्धि र शारीरिक विकासमा पनि असर पु¥याउन सक्छ । मानव शरीरलाई बिरामी बनाइरहने खालका यस्ता विषादीयुक्त तरकारीहरू पटक पटक नगरभित्र भेटिरहेको अवस्थामा पनि नष्ट गर्ने बाहेक अन्य काम हुन सकेको छैन । स्थानीय सरकारले पनि विषादीयुक्त तरकारी बिक्री गर्ने बिक्रेतालाई कारबाही गर्न सकेको अवस्था छैन ।

बजारका व्यवसायीहरूमा तरकारी पु¥याउने कृषक तथा एजेन्टहरूलाई पनि सो विषयमा केरकार गर्न जरुरी छ । आम उपभोक्ता तथा नगर बासीलाई ढुक्कसँग तरकारीको सेवन गर्न सक्ने अवस्था सृजना गर्न नगरपालिकाले कडा नियमको व्यवस्था गर्न आवश्यक छ । विषादी भेटिएको पसल तथा बिक्री गर्ने व्यापारीलाई मात्रै नभई सो तरकारीसँग जोडिएका सबैलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउने गरी नियम बनाइनुपर्दछ । साथै कृषक तथा अन्य एजेन्टहरूबाट तरकारी खरिद गर्नुपर्दा अनिवार्य ल्याब टेस्ट गर्नुपर्ने पनि अवधारणा ल्याइनुपर्दछ । आम उपभोक्ताले दैनिक रूपमा तरकारीको नाममा विषादी सेवन गरिरहेको अवस्था छ । तसर्थ जतिसक्दो चाँडो तरकारी तथा फलफूलजन्य वस्तुहरूको विषादी नियमन गर्नेतिर सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।