खाेज्नुहाेस

इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

Image

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्मा रहेका प्रहरीले बताएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार मंगलबार बिहान डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

attariya hospital

दुर्घटनामा पुलको बीच भागबाट खसेर ट्रक दुर्घटनाग्रस्त भएको थियो । ट्रकलाई क्रेनको सहायताले तानिएको थियो । स्कारपियोमा सवार ४ जना सकुशल रहेका प्रहरीले जनाएको छ ।