सुर्खेत –कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
६ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएकाे छ ।


आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ।

उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
अपडेट
मृत्यु हुनेमा पलाता गाउँपालिका–६ बस्ने पदम बम, पलाता गाउँपालिकाकै भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका – ५ का छाया शाही र पलाता गाउँपालिका – ३का दमन रोकाया रहेका छन् ।

यसअघि समाचारमा केहि तथ्य फरक परेकाले सच्याइएको छ । – सम्पादक

















