खाेज्नुहाेस

अनुगमन मात्रै हैन, कारबाही पनि गर

Image

कैलालीको गोदावरी नगरपालिकाले शुक्रबार देखि बजार अनुगमन सुरु ग¥यो । नेपालीहरुको महान पर्व दशैँतिहारलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा ठुलो मात्रामा अखाद्य तथा म्याद नाघेका वस्तुहरु फेला परे । नगरपालिकाले बरामद गरिएका ति वस्तुहरु नष्ट गरेको भएपनि त्यसले आम मानिसमा प्रश्न उब्जाएको छ ।

बजारमा कैलेकसो हुने अनुगमनका क्रममा भेटिने अखाद्य वस्तुहरु नागरिकहरुले पहिले नै खाईसकेका हुन्छन । तर चाडवाडको समयमा मात्रै हुने अनुगमनले त्यो कुरा बाहिर ल्याईरहेको छ ।

attariya hospital

अनुगमनलाई निरन्तरता दिन नसक्दा स्थानीयहरुले अखाद्य वस्तुहरुकै प्रयोग गरिरहेको अवस्था छ । किराना पसलहरुमा म्याद नाघेका वस्तुहरु, होटलहरुमा रंग मिसिएका र लामो समयसम्म फ्रिजमा राखिएका खानेकुराहरु लगायतले दिनहुँ नागरिकको स्वास्थ्यमा नराकात्मक असर पारिरहेको छ । यति हुदाँ पनि स्थानीय तहले भने चाडवाड लक्षित मात्रै अनुगमन गरिरहेको अवस्था छ ।

navjiwan hospital

प्रायजसो छिटफुट रुपमा दशैँ तिहारको मुखमा बजार अनुगमन गरिने कुरा आजभोलि सम्पुर्ण व्यवसायीहरुलाई जानकारी भैसकेको छ । अनुगमनमा आउँछन भन्ने थाहा हुदाहुदै पनि कुनै डर विना नै विक्रि भैरहेका त्यस्ता अखाद्य वस्तुहरु प्रत्येकजसो अनुगमनका क्रममा फेला पर्दा पनि स्थानीय तहले भने भेटिएका वस्तुहरु बरामद गर्ने र नष्ट गर्ने काम मात्रै गरिरहेको छ ।

स्थानीय तह आएकै ७ वर्ष वितिसक्दा पटक पटक बजार अनुगमन गरिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिकै रहोवरमा हुने बजार अनुगमनमा यसअघि पनि सामान बरामद गर्ने र नष्ट गर्ने काम हुदै आईरहेका थिए ।

तर अघिल्लो पटक जुन पसलमा त्यस्ता सामग्री बरामद गरिएका थिए, सो पसलमै दोस्रो पटक पनि त्यस्ता अखाद्य वस्तु फेला पर्दा पनि बरामद गरेर नष्ट गर्ने काम मात्रै हुनु उचित होइन । पटक पटक सुझाव दिँदा पनि अटेरी गर्ने व्यवसायीहरुलाई कारबाही गर्न सके मात्रै बजारमा अनुगमन गरेको प्रभाव पर्न सक्छ । नत्र अनुगमन गरेको समयमा मात्रै बिक्रिवितरण रोकिदा अन्य समयमा भने त्यस्तै खाद्य सामग्रीहरु धमाधम बिक्रि हुने गरेका छन र भैरहनेछन ।

तसर्थ अनुगमनलाई निरन्तरता दिई पटक पटकको सुझावलाई पनि वेवास्ता गर्ने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ । त्यसका लागि स्थानीय पालिकाले कडा रुपमा एक्शन लिन सक्नुपर्दछ । बजार अनुगमनको साथसाथै कारबाहीको प्रकृया थालनी गर्न सके पक्कै पनि बजारमा पाइने अखाद्य बस्तुहरुको विक्रिवितरणमा कमी आउनेछ । स्थानीय पालिकाले त्यतातिर विशेष ध्यान दिन जरुरी छ ।