खाेज्नुहाेस

कैलालीमा बस र टिप्पर दुर्घटना हुँदा ६ जना घाइते

Image

धनगढी – कैलालीमा बस र टिप्पर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६जना घाइते भएका छन । घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा रा १ ख २७३३ नम्बरको टिप्पर ना ७ ख ४३५ नम्बरको बस एक आपसमा ठोक्किदा बसमा सवार ६ जना घाइते भएका हुन ।

navjiwan hospital

घाइते हुनेमा बस चालक चन्द्र बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

attariya hospital

घाईते सबै जनाको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। इलाका प्रहरी कार्यालय सुख्खडले टिप्पर चालक घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ ।