रोजगारीको अवसर सृजना गर

अहिले देशका लगभग आधा भन्दा बढी युवाहरू रोजगारीका लागि विदेश गइरहेका छन् । कतिपय विदेशलाई रोजगारी र पढाइको थलो बनाउने उद्देश्य लिएका छन् भने कोही पैसा कमाएर घरपरिवारका आवश्यकता पूर्ति गर्ने योजना बुन्दै बिदेसिएका छन् । नेपालमा स्वरोजगार बन्न सक्ने अवसरहरू नहुँदा वर्षेनी युवाहरूको जमात बिदेसिने गरेको छ ।

Karma Consultancy

बिदेसिनु पक्कै पनि रहर न भई विवशता हो । आज देशका होनहार युवाहरू स्वदेशमा बेरोजगार भई सामाजिक, सांस्कृतिक विकृति र विसङ्गतिको सिकार भएका छन् । चेलीबेटी बेचबिखन, दुर्व्यसनी लागु पदार्थ, हत्याहिंसा चोरी जस्ता सामाजिक अपराधमा जानेर वा अन्जाममा लागेका छन् । फुर्सदको कारण नेपालका युवाहरूले विभिन्न मानसिक, शारीरिक तनाव झेल्न विवश बनेको अवस्था छ । दुख जिलोमा पढेलेखेका युवाहरू पनि स्वदेशमा रोजगारको अवसर नपाएर खाडीमा पसिना बगाउन बाध्य भएका छन् ।

citizen security services
belauri nagarpalika

सबैको चाहना स्वदेशमै रहेर केही गरौँ र स्वरोजगार बनौँ भन्ने हुन्छ । तर स्वदेशमै रहेर काम गर्ने वातावरण नभएपछि बिदेसिन विवश हुनुपर्ने युवाहरूको नियति बनेको छ । घरको आर्थिक अवस्था कमजोर हुँदा घरपरिवार पाल्नका लागि आर्थिक जोहो गर्न बिदेसिएका कतिपय युवाहरूले विदेशमै ज्यान गुमाउनु पनि परेको छ ।

attariya hospital

स्वदेशमै स्वरोजगार बन्न सकिने अवस्था भए सम्भवतः कुनै पनि युवाहरूले बिदेसिनुपर्ने अवस्था हुँदैनथ्यो । देशमा थोरै उद्योग र कलकारखाना मात्र छन् । जसका कारण भएका शिक्षित वा अशिक्षित युवाले रोजगारी पाउँदैनन्, उनीहरूसँग पर्याप्त स्रोत–साधन, पहुँच र सीप हुँदैन त्यसैले उनीहरू आफ्नो श्रम र शिक्षा बेच्न देशबाहिर जान्छन् । स्कुल र कलेजमा धेरै वर्षको आर्थिक लगानी, समय र मिहिनेत तर शिक्षा सकेको डिग्री लिएपछि देशमा अवसर र रोजगारी नहुँदाको समस्या अलग छ ।

सबै जना पैसा कमाउन चाहन्छन्, आफ्नो परिवारको राम्रो जीवन निर्वाह गर्न चाहन्छन् । युवाहरूले स्वदेशमै आयआर्जन गर्न सक्ने वातावरण भए, बिदेसिनु पर्ने अवस्था रहँदैन । स्वदेशमा रहेका युवाहरूले देशको आर्थिक र सामाजिक रूपान्तरणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् । तसर्थ सरकारले स्वदेशमै आयआर्जनको वातावरण सृजना गर्नुपर्दछ ।

युवाहरूलाई आर्थिक उपार्जनमा सहज हुने खालको योजनाहरू ल्याई त्यस्ता योजनाहरूको कार्यान्वयनको पाटोतिर पनि ध्यान दिन जरुरी छ । युवाहरूलाई सिप अनुसारका विभिन्न क्षेत्रहरूमा लगाई उनीहरूलाई आत्मनिर्भर बन्ने बाटो सरकारले देखाउनुपर्दछ । उनीहरूलाई रोजगारीको अवसर सृजना गरी धन कमाउन बिदेसिने परिपाटीको अन्त्य गर्न सरकारले तदारुकता देखाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.