विपद्का संयन्त्रहरूलाई तयारी अवस्थामा राखौं

यस वर्षको मनसुन सुरु भैसकेको छ । मनसुनको सुरुवाती समयमै विभिन्न स्थानमा बाढी पहिरोका घटना र मानवीय एवम् भौतिक क्षतिका घटनाहरू आउन थालिसकेका छन् । भरखरै सुरु भएको मनसुनमै यस्ता घटनाहरू घट्नुले असोजसम्म मनसुन रहँदा भविष्यमा यसले वृहत् रूप लिन सक्ने आकलन गर्न सकिन्छ । वर्षाको प्रारम्भमै बाढी, पहिरो, चट्याङलगायतका विपद्मा परेर जनधनको क्षति भएका घटना सार्वजनिक भइरहेका छन् ।

Karma Consultancy

मौषमविद्हरुले पनि अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बढी वर्षा हुने बताइसकेका छन् । जसका कारण विपद्का घटनाहरू अझै बढ्न सक्ने अनुमान गर्न सकिन्छ । प्राकृतिक विपत्तिहरू एकाएक आउने गर्दछन्, त्यसैले यसबाट बच्न सकिने भन्ने हुँदैन । तर प्राकृतिक विपत्तिको सामना गर्न पुर्वतयारी अपनाउन सके र विपद्को समयमा संयन्त्रहरूलाई तयारी अवस्थामा राख्न सके क्षति कम गर्न सकिन्छ ।

citizen security services
belauri nagarpalika

विपत् जुनसुकै बेला पनि आउन सक्न सक्छ । पहाडमा बाढी पहिरो, तराई/मधेसमा डुबान र कटान तथा चट्याङबाट भएको मानवीय क्षतिका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यो मनसुनका कारण देशभरमा चार लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने पूर्वानुमान गरिएको छ । तराईका जिल्लाहरूमा जथाभाबी हुने खोलानाला अतिक्रमण, बन अतिक्रमण, मापदण्ड विपरीत ढुङ्गा, माटो, बालुवा, गिट्टी लगायतका वस्तुहरूको उत्खननले प्राकृतिक रूपमा आउने विपत्तिलाई प्रशय दिइरहेको छ । यस्ता कार्य रोकिनुपर्दछ ।

attariya hospital

जथाभाबी हुने उत्खननले बाढी र पहिरोलाई निमन्त्रणा दिने काम गर्ने गर्दछ । जसको मारमा स्थानियबासी पर्ने गरेका छन् । त्यस्तै खोलानालाहरूको अतिक्रमण गरी भौतिक संरचनाहरू बनाइँदा पनि त्यसले विपत्ति निम्त्याउने गरेको छ । वर्षायाममा पानी निकास हुने ठाउँ नभेटिँदा कैलालीको अत्तरियामा पनि विगतको तुलनामा यस वर्षको सुरुवाती मनसुनमै केही स्थानमा डुबान भइसकेको छ । त्यसको जसोतसो निकास भए पनि सबै ठाउँमा त्यसरी पानी निकास गर्न सम्भव छैन ।

जे हुनु भइसक्यो, खोलानालाहरूको अतिक्रमण हटाउन यस वर्ष नगरपालिका चुकेको छ । तर आगामी वर्षहरूमा त्यस्तो नहोस् । विपद् आउने कारणहरू थाहा हुदाँहुदै पनि त्यसको निकास निकाल्न नसक्नु कायरता हो ।

त्यसैले त्यसतर्फ स्थानीय सरकारले ध्यान दिन आवश्यक छ । यस वर्ष विपद्बाट मानवीय क्षति कम गर्न संयन्त्रहरूलाई तयारी अवस्था राख्न आवश्यक छ । विपद् जुनसुकै बेला आउन सक्छ, तसर्थ विपद्मा आवश्यक पर्ने विभिन्न किसिमका संयन्त्रहरूलाई चुस्त दुरुस्त राखी आवश्यक परेको बेला काममा पठाउन सक्ने वातावरण नगरपालिकाले तयार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.