बैतडीमा लक्ष्य भन्दा कम क्षयरोगका बिरामी उपचारको दायरामा

बैतडी – बैतडीमा लक्ष्य भन्दा कम छयरोगका विरामीहरु उपचारको दायरामा आएका छन । स्वास्थ्य कार्यालय बैतडीले चालु आर्थिक वर्षमा ५६१ जना छयरोगका बिरामीहरुलाई उपचारको दायरामा ल्याउने लक्ष्य राखेको भएपनि निकै कम मात्रामा विरामीहरु उपचारको दायरामा आएका हुन ।

maya metro hospital

कार्यालयका अनुसार हाल जिल्लामा १७६ जना विरामीहरु मात्रै उपचाररत रहेका छन । जसमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा छयरोगका बिरामीहरु उपचाररत रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा छयरोगको उपचार गराउने बिरामीको संख्या २९ रहेको छ । त्यस्तै पुर्चाैडी नगरपालिकामा २७ जना, पञ्चेश्वर गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिकामा १८ जना र पाटन नगरपालिकामा १६ जना बिरामीहरु उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

attariya hospital

त्यतिमात्रै नभई दोगडाकेदार गाउँपालिकामा १५, मेलौली नगरपालिकामा १४, सुर्नया गाउँपालिकामा ११, सिगास गाउँपालिकामा ११ र डिलाशैनीमा ९ जना विरामीहरु उपचाररत रहेको बताईएको छ ।

निशुल्क उपचार हुने भएपनि अझै पनि समुदायमा रहेका सबै बिरामीहरु उपचारको दायरमा आउन नसकेका स्वास्थ्य कार्यालय बैतडीका निमित्त प्रमुख तीर्थराज भट्टले जानकारी दिए । जिल्लाका दुईओटा स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त अभियान सञ्चालनमा रहेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.