बझाङ – बझाङमा दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको छ । बझाङको प्रदेश सभा १(१) मा २२ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो । सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको उनले बताए ।

यहाँ ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । मतदानका साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।















