खाेज्नुहाेस

बझाङमा आज उपनिर्वाचन

Image

बझाङ – आज बझाङमा उपनिर्वाचन हुँदैछ। बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

attariya hospital
navjiwan hospital

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको आयोगले जनाएको छ।

यस्तै आजै इलाम – २ मा पनि प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुदैं छ । आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन्।