बझाङ – प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिएका १२ जनामध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बझाङ प्रदेशसभा १ को लागि उम्मेदवारी दिएका नेपाली जनता दलका अशोक सुनारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारहरुलाई मंगलबार नै निर्वाचन चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले जानकारी दिएका छन् । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अब ११ जनाबीच प्रतिस्पर्धा हुने छ ।