सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी

अहिलेको युग सामाजिक सञ्जालको युग हो भन्दा फरक नपर्ला । सूचना प्रविधिको युग भएर पनि होला सबैको लोभ र आकर्षण सामाजिक सञ्जालमै देखिन्छ । प्रविधि धेरै द्रुत गतिमा जनतामाझ पुगेको छ । सामाजिक सञ्जालको प्रयोग अहिलेको अवस्थामा अनिवार्य तथा अपरिहार्य जस्तै बनिसकेको छ मानिसहरूका लागि । अहिले अफिसका कार्य देखी लिएर विभिन्न विषयवस्तुहरूका बारेमा जानकारी लिने स्रोत सामाजिक सञ्जाल बनेको छ । यसको अभावमा बाच्नै नसक्ने अवस्थामा मानिसहरू पुगिसकेका छन् । फोन लागेन र नेट चलेन भने मानिस एक क्षण पनि चैनसँग बस्न नसक्ने भई सकेका छन् ।

maya metro hospital

संसारमा भएका विभिन्न प्रकारका वैज्ञानिक आविष्कारमा सूचना प्रविधि चमत्कार नै मानिन्छ । यसले हरेक व्यक्तिका हात हातमा कम्प्युटर, ल्यापटप, आइफोन, स्मार्टफोन थमाइदिएको छ । सूचना प्रविधिको चमत्कारका कारण संसार कम्प्युटर र मोबाइलमा कैद भइसकेको छ । यसले संसारमा असम्भव केही पनि छैन भन्ने देखाएको छ । सामाजिक सञ्जाल या सूचना प्रविधिका फाइदा र बेफाइदा उत्तिकै छन् । यसको उचित प्रयोग गर्न सके यसका फाइदाहरू धेरै छन् भने अनुचित रूपमा प्रयोग गरे यसले भविष्यलाई नै अन्धकारमा धकेल्ने क्षमता राखेको छ ।

मोबाइलको सहायताले संसारका मानिस एकै पटक प्रशिक्षित हुन थालेका छन् । टेलिफोन, टेलिभिजन, मोबाइल, कम्प्युटर, इमेल, इन्टरनेटले यस्ता काममा टेवा पु¥याइरहेका छन् । अब त मोबाइल र कम्प्युटरमा टाइप गर्न नसक्ने मानिसलाई साक्षर भन्न लाज लाग्ने बेला पनि आइसक्यो । सूचना प्रविधिले मानिसलाई जाँगरिलो, सृजनशील र रचनात्मक बनाइरहेको पनि छ । यी यसका फाइदा अन्तर्गत परे । तर अर्कोतिर यसले विकृति र विसङ्गति पनि ल्याउँदै गइरहेको छ । विरोधाभास पनि सिर्जना गरेको छ ।

attariya hospital

सूचना प्रविधिको माध्यमबाट कसैको चरित्र हत्या गर्ने, गालीगलौज गर्ने, विभिन्न विकृतिजन्य कुराहरूको प्रयोग एवम् प्रचार गर्ने काम पनि भइरहेका छन् । त्यति मात्रै नभई सबै कुरा नेटमा राख्ने तर कसैले हेरेमा वा सिकेमा ‘साइबर क्राइम’ भनेर कारबाही गर्ने गर्नाले पनि बेथिति जन्माएको छ । त्यसैले सूचना प्रविधिको सही प्रयोगका लागि नेट एक्सेसमा नै कन्ट्रोल वा व्यवस्थापन गरिनु जरुरी छ । संसारभरका मानिसको रोजाइमा सामाजिक सञ्जाल परेको छ । सार्वजनिक स्थान, घर, स्कुल, कलेज, बस, शौचालय जहाँ पनि र जहिले पनि यसको प्रयोग भइराखेको छ ।

यी सञ्जाल प्रयोगकर्ता मानिसको चासो जीवनोपयोगी कुराभन्दा पनि नकारात्मक कुरामा बढी गइरहेको छ । यसमा हाम्रा भावी पुस्ता अथवा हालका विद्यार्थी बढी नै प्रभावित हुँदै गएका छन् । सामाजिक सञ्जालमा संक्रामक बिसझैँ फैलिएका नकारात्मक कुराहरू सिकेर, देखेर, पढेर जीवनलाई निरर्थक बनाउन लाग्ने सम्भावनालाई बेलैमा हेक्का राख्नुपर्छ । सामाजिक सञ्जाल एवम् प्रविधिको उचित प्रयोग गर्ने बनाउनका लागि यसको नियमन र नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्दछ । नागरिकहरूलाई सामाजिक सञ्जालबाट फाइदा हुने कुराका लागि मात्रै प्रयोग गर्न मिल्ने वातावरण सृजना गरिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.